
कनकाई अनलाईन
झापाः झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार घटना घटेको १० दिनपछि शुक्रवार आज जिल्ला प्रहरी कार्यालय झापालमा पत्रकार सम्मेलको आयोजना गर्दै हत्यामा सग्लन भारतको विहार अररिया घर भई दमकमै मार्वल टालिको काम गर्दै आएका मिस्त्री ३४ बर्षिय रमेशकुमार पण्डितलाई भएको सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रमुख खड्काका अनुसार ती मृतक महिला र हत्या आरोपी पण्डितबिच पुरानै चिनजान रहेको र उक्त हत्या भएको दिनसमेत महिलासग शारिरीक सम्बन्धपछि आर्थिक कुरामा विवाद भएको थियो । विवादकै विच पण्डितले रमाको घाटी थिचेर हत्या गरेका थिए । हत्यापछि रमालाई प्लाष्ट्रिकको बोरामा हालेर नजिक्कै दमक १० मा रहेको रतुवा खोलामुनि फ्याकेका थिए ।
प्रहरीले तत्कलिन अवस्थाको सिसि ट्रीभी फुटेज, कोशी प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिक सहितको प्रहरी टोली, जिल्ला तथा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको सुक्ष्म अध्यान अनुसन्धानबाट उक्त घटना करणी पछि आर्थिक कुरा नमिलेपछि विवादमा हत्या भएको प्रहरीले निष्कर्ष निकालेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।
प्रहरीका अनुसार बिहीवार राती हत्या आरोपी बस्दै आएको दमक ५ बाट प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतको कमाण्डमा रहेको प्रहरी टोलीले हत्यामा सग्लन पण्डितलाई पक्राउ गरेको हो । प्रहरीले हत्यामा प्रयोग भएका थप सामाग्रीहरुमा मृतकलाई सुरुमा चढाई लगेको मे २ प ८२३ नम्बरको होण्डा साईन मोटरसाईकल, र अर्को भारतीय नम्बर प्लेट भएको मोटरसाईकल, मृतककले लगाएको लुगा, जुत्ता, हत्या आरोपी पण्डितको एटिएम कार्ड, आधारकार्ड, मृतकले लगाएको चप्पल लगायात समेत सार्वजनिक गरेको छ । प्रहरीले घटनामा सग्लन पण्डितको भने थप अनुसन्धानका लागि भन्दै फोटो र मानिस भने सार्वजनिक गरेको छैन । हत्या आरोपी पण्डितलाई ज्यान सम्बन्धि कसुर र जवरजस्ती करणीको मुद्धा दर्ता गरी झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।
कनकाई अनलाईनका लागि लीलाराज झापाली र गोपाल पोखरेलको यो रिर्पोट



