कनकाई अनलाईन
दुबै मृगौला बिग्रिएर दैनिक ४ पटकसम्म मृगौला डाइलेसिस गराइरहनुभएकी झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेतीको उपचारका लागि युवा समाजसेवी रमेशबाबु मैनालीले नगद ५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।
कनकाई नगरपालिका ३ कनकाई टोलवाशी मैनालीले घरमै पुगेर उक्त सहयोग रकम आज विहान हस्तानतरण गर्नुभयो । मैनालीले चुडाललाई सबैले सानो सानो सहयोग गरेर उहाँको जीवन वचाइदिन अनुरोध गर्नुभयो । दुबै मृगौला बिग्रिएर हाल दैनिक ४ पटक मृगौलाको डाइलेसिस घरमै गराइरहनुभएको उहाँका श्रीमान नारायण चुडालले बताउँनुभयो ।
मृगौला विग्रिएर विगत १२ बर्षदेखि निरन्तर मृगौला डाइलेसिस गराईरहनुभएकी चुडाललाई मृगौला डाइलेसिसका लागि लाग्ने पानी मासिक १० कार्टुन उपलब्ध गराउदै आएको र वाकी पानी खरिद गर्नुपरेको बताउँनुभयो । कल्पनाको जीवन वचाइदिन सहयोग गर्ने दाताले सिभिल बैँकको बिरामी कल्पना उप्रेती चुडालको नाममा रहेको खाता नम्बर ०७७१०४९६०४२०१८ सहयोग रकम जम्मा गरिदिन वा श्रीमान नारायण प्रसाद चुडालको मोवाइल नम्बर ९८१८४२८६१५ मा सम्पर्क राखिदिन समेत सबैसमक्ष अनुरोध गर्नुभएको छ । यसैविच स्थानीय गाउँलेहरुको समुहले चुडालको उपचारका लागि सहयोगका लागि अभियान संचालन गर्दै आएका छन ।