कनकाई अनलाईन
झापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।
आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा परि बुद्धशान्ति गाउँपालिका २ मा एक महिलाको ज्यान गएको छ ।
बुद्धशान्ति–२ रबर बगानस्थित भित्रि सडकखण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अर्जुनधारा नगरपालिका–७ की ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएकी कार्कीलाई उपचारका क्रममा बिर्तामोडस्थित बीएण्सी अस्पतालमा मृत्युभएको हो । मोटरसाईकल मृतकका छोरा अर्जुनधारा–७ का ४४ वर्षीय सुमन कार्कीले चलाउनुभएको थियो उहाँको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यता झापा कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका वडा नं ५ का ५० बर्षिय सुकुरू गणेशको साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतवार पाठामारी बजारबाट साईकलमा घर तर्फ जाने क्रममा कालीमन्दिरस्थित कल्भर्टमा साईकलबाट लडेर घाईते भएका उनलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेकोमा उनको तत्कालै मृत्यु भएको प्रहरी चौकी पाठामारीले जनाएको छ ।