साफ यू २० च्याम्पियनसिप पहिलो हाफमा नेपाल एक गोलले पछि


कनकाई अनलाईन
१५ साउन, काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ ।

यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरे ।

नेपाली गोलकिपर इश्वर गुरुङले बल पूर्ण रुपमा रोक्न नसकेपछि नजिकै रहेका टाइसनले गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै घरेलु टोली भारतले नेपालमाथि दबाब बनाएको थियो ।

पहिलो हाफमा भारतले गोल गर्ने आधा दर्जन भन्दा बढी मौका गुमाएको थियो । नेपालले पनि गोलका केही अवसर बनाएपनि फिनसिङ हुन सकेन ।

नेपालले यसअघि माल्दिभ्सलाई ४(० र श्रीलंकालाई ३(० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २(१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४(० ले हराएर पहिलो जित निकालेको थियो ।

शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू