सिंहदेवि आधारभुत विद्यालयको निर्माण कार्य अख्तियारमा


कनकाई अनलाईन
सिंहदेवि आधारभुुत विद्यालयको निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको छ ।
त्यहाका सचेत अभिभावकहरुले अख्तियारमा उजुरी दर्ता गरेका हुन । राष्ट्र«पति शैक्षिक सुुधार आयोजनाबाट प्राप्त १८ लाख रुपैँयालाई विद्यालयले पुरानो भवनको टिन उक्काएर विना रड तला थपेर उक्त रकम निकासा गरेको पाइएको थियो ।

यसवारेमा कनकाई अनलाईनमा समाचार प्रकाशन भएपछि कनकाई नगरपालिकाले चासो देखाउदै विद्यालयको नेपाल बैँकमा रहेको विद्यालयको खाता रोक्का गरेको कनकाई नगरपालिका शिक्षा साखा प्रमुख पिताम्बर गौतमले बताउँनुुभयो । १८ लाख मध्ये दुई लाख भने निकाली सकेको पाइएको र बाकी १६ लाख रकम सुरक्षित रहेको नगरपालिकाका शिक्षा अधिकृत हरिप्रसाद मिश्रले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू