माल्दिभ्समाथि नेपालको गोलबर्षाका साथ शानदार जित


कनकाई अनलाईन
नेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु मनग्य नकर्मी गोल गरेका थिए ।
दीपेशले नेपालका लागि पहिलो गोल गरेका थिए । ४२ औं मिनेटमा रिबाउन्डमा प्राप्त बललाई झण्डै २५ यार्डबाट दीपेशले गोल गोल गरेका थिए । कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा प्राप्त बललाई दीपेशले गोल परिणत गरेका थिए । लगत्तै नेपालले गोलअन्तर दोब्बर गर्ने मौका पाएको थियो । तर, माल्दिभ्सका रक्षकहरुले सफल हुन दिएनन् ।

त्यसअघि ३१ औं मिनेटमा सुगम सुवालले गोलका लागि गरेको प्रयास सफल हुन सकेन । उनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । डेनमार्कबाट छनोटमा भाग लिन स्वदेश फर्केका सुगमले ५८ औं मिनेटमा टोलकिा लागि दोस्रो गोल गरेका थिए । विपक्षी रक्षकहरुलाई छलाउँदै सुगमले पेनाल्टी बक्सबा दोस्रो बारमा गोल गरेका थिए ।
क्रिटिशले ६२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । परिवर्तित मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए । उनी ८३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । युवा टोलीका गोलकिपर इश्वर गुरुङले उच्च प्रदर्शन गरेका थिए । उनले विपक्षीका दुई पटक गोलको अवसरलाई रोकेका थिए ।
सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुषको कप्तानीमा नेपाली टोलीले यू २० मा चुनौती प्रस्तुत गरेको छ । यसअघि यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियसिप यसपालीदेखि यू–२० को नामबाट हुँदैछ । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।
नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू