काठ तस्करीको राजधानी बन्दै सुरुङ्गा


कनकाई अनलाईन
झापा जिल्लाको कनकाई नगरपालिका ४ कोटीहोमक्षेत्रबाट सामुुदायिक वन समिति र प्रहरीको गस्ती टोलीले चोरी तस्करी गर्दै गरेको अवस्थामा मारुती भेन र ४७ किमी साखुु जातको काठ आज विहान बरामद गरेको छ ।


गैडे सामुदायिक वन समुुुहको वन गस्ती टोली र प्रहरी चौकी माइधारको प्रहरी टोलीले कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्रबाट मे १ च ११६४ नम्बरको मारुती कारमा लोड गरेको उक्त परिमाणको साखु जातको काठ बरामद गरेको हो ।

शिवसताक्षी नगरपालिका १० दोमुुखा क्षेत्रबाट विहान साढे ३ बजेको समयमा शंकास्पद मारुती कार देखेपछि वन समुुह र प्रहरीले पिछा गरेको थियो । उक्त मारुती कनकाई नगरपालिका ४ कोटीहोमको कनकाई सामुुदायिक वन समुुहको झाँडीमा काठ र मारुती छाडेर ड्र«ाईभर फरार भएको गैडे सामुदायिक वन समुुहका रविन न्यौपानेले बताउँनुुभयो । बरामद काठ र मारुती हाल गैडे सामुदायिक वन समुहको घाटगद्धीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएस्पी बसन्तकुमार पाठकले बताउँनुभयो ।

यसअघि कनकाई नगरपालिका ४ कै साृेही स्थानमा वेवारिसे अवस्थाको १८ किमी साखु जातको काठ बरामद गरेको कनकाई सव डिभिजन वन कार्यालयका जमदार हरि विश्वकर्माले जानकारी दिनुभयो । हाल इलामको वन क्षेत्रबाट काठ कटान गरि कनकाई माई खोलामा बगाई झापा सम्म ल्याउने र सुरुङ्गाको कनकाई सामुुदायिक वन समुहभित्र संकलन गरि झापाका विभिन्न सहरमा विभिन्न सवारी साधन प्रयोग गरि झापाका विभिन्न बजारसम्म साखु जातका काठ चोरी पैठारी हुने क्रम वढेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू