कनकाई अनलाईन
सुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा मनोहरी बिमली सर्वसम्मत चयन हुनुभएको छ ।
आज कनकाई ३ को वार्डकार्यालयमा भएको व्यापारी व्यावसायी तथा राजनैतिक दलका प्रतिनिधिसमेतको छलफलबाट बिमलीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको बजार व्यावस्थापन समितिका पुुर्व सहसचिव समेत रहनुुभएका कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले बताउँनुभयो ।
बिमली हार्डवेयर व्यावसायी हुन । यसैगरि उपाध्यक्षमा मेघराज पाठक चयन हुनुभएको छ पाठक कुखुराको दाना व्यावसायी हुन । यसैगरि सचिवमा सन्तोस प्रसाई रहनुभएको छ प्रसाई फनिर्सिङ्ग व्यावसायी हुन ।
यसैगरि सहसचिवमा नारायण अधिकारी र कोषाध्यक्षमा मिना पाठक चयन हुुनुुभएको छ । सदस्यहरुमा श्याम राई, ज्योती श्रेष्ठ, टिका ओली र धनमाया खनाल रहनुुभएको छ ।
कनकाई ३ का वडाअध्यक्ष युुवराज चम्लगाईको प्रमुख आतिथ्यतामा भएको भेलामा नगर कार्यपालिका सदस्य कृष्णमाया भुुजेल वार्डसदस्य गोविन्द सुुवेदी व्यावसायी भक्ति पाठक लगायातको आतिथ्यता रहेको थियो ।सुरुङ्गा बजार देशकै कहिल्यै बन्द हडताल नहुने बजारका रुपमा विश्वमै प्रख्यात रहेको छ यसको गरिमालाई अलिकता पनि घटन नदिने अध्यक्ष बिमलीले बताउँनुभयो ।