कनकाई अनलाईन
झापा गाउँपालिकाको झापा गाउँपालिका–५ सिमलडाँगीमा आगलागी हुँदा छ घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
बुधबार बिहान करिव तिन बजे अवदुल करिम अलिको घरको विद्युतीय मिटर सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । मिटर सर्ट हुँदा अवदुलको घर सहित आसपास रहेका अवदुल जुलास अली,अमुल अली,अनावर अली,स्माइल अली र सामेद अलीको घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
मानवीय र चौपाया क्षती नभएपनि घरहरु पुर्णरुपमा जलेकाले घर भित्र रहेका लत्ताकपडा,अन्न लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फुुसको र वाक्लो घर भएका भएको कारण सबै घर जलेर नष्ट भएको स्थानीयको भनाई छ । आगलागिबाट २० लाख बढीको क्षति भएको बताइएको छ ।
स्थानीय,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो २ घण्टापछि नियन्त्रयणमा लिएको थियो । आगालागिबाट विचल्नीमा परेका घरपरिवारलाई रेडक्रस र स्थानीय वाशीले त्रिपाल, खानेकुुरा र भाडावर्तन सहयोग गरेको जनाएको छ ।