कनकाईका आवश्यक सबै कृषकले निशुल्क सिचाई मोटर पाउने


कनकाई अनलाईन
अवको केहि बर्ष भित्रै आवश्यक सबै कनकाईका कृषकलाई पानी तान्ने सिचाई मोटर उपलब्ध गराईने घोषणा कनकाई नगरपालिकाले गरेको छ ।
यसैको तयारी स्वरुप कनकाई नगरपालिकाले नगरका कृषकहरुलाई अनुदान स्वरुप सिंचाई गर्ने मोटर निशुल्क वितरण गरेको छ । आज कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई १सय ६ थान पानी तान्ने सिचाई मोटर वितरण गरिएको हो ।

कनकाई नगरपालिकाले विगतका बर्षमा पनि मोटर वितरण गर्दै आएको र यस पटक गरी नगरपालिका मार्फत ३ सय ४० वटा मोटर वितरण गरिसकिएको र आगामी दुई बर्ष भित्रमा नगरका सबै इच्छुक कृषकहरलाई मोटर वितरण गर्ने लक्ष रहेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भनाई रहेको छ । पोखरेलका अनुसार ‘मोटर वितरण गर्नु पूर्व पनि नगर र वडाको कृषि समितिले अनुगमन गरेर कृषक छनौट गरेको थियो, अब मोटर जडानमा पनि अनुगमन हुने छ । नगरले बनाएको मापदंण्डका आधारमा मोटर वितरण गरिएको हो ।

मोटर पाउनको लागि कृषकले पहिले नै बोरिङ गरेको हुनुपर्ने हुन्छ, प्राविधिक कारणले बोरिङ जडानको काम नभएको भए तुरुन्त जडान गर्नुपर्ने, १ सय ५० मिटर भन्दा कम दुरीमा विद्युत लाईन भएको हुनु पर्नेलगायतको मापदंण्ड रहेको छ । नगरमा हाल सम्ममा व्यक्तिगत रुपमा ३ सय देखि ४ सय मोटर पहिले नै जडान भई सकेको छ । आगमी बर्षमा ६ सय कृषकलाई मोटर प्रदान गर्नुपर्ने नगरपालिकाले प्रक्षेपण गरेका छ ।’

कनकाईमा मोटर वितरण त गरियो तर विद्युत भोल्टेजको समस्या रहेको यसलाई पनि हटाउन नगरले पहल थाल्ने नगरपालिकाले जनाएको छ । अबको केहि महिना भित्र उज्यालो नगर घोषणा गर्ने तयारी पनि नगरको छ । कनकाई नगरपालिका देशकै पहिलो विद्युत चुहावट मुक्त पालिका पनि हो ।

मोटर वितरण कार्यक्रममा नगरप्रमुख पोखरेलसहित उप–प्रमुख आशा शर्मा सिवाकोटी, वडाध्यक्षहरु, वडासदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू