कनकाईमा सार्वजनिक सुनुवाई, अबका तीन बर्षभित्र सबै कनकाईवाशीको बस्न योग्य घर


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले पर्यटन र कृषि क्षेत्रलाई समृद्धिको आधार बनाएर निति कार्यान्वयन गर्ने नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभएको छ ।


सोमवार नगरपालिकामा आयोजित बजेटका प्राथमिकता र स्थानीय आवश्यकता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले नगरपालिकाको पर्यटनको विकासका लागि कनकाई सभ्यता पर्यटन बोर्डनै स्थापना गरि पर्यापर्यटनका लागि दिगो रुपमा विकास गरिदै लैजाने र कृषिका लागि विभिन्न बैँकसग समेत समन्वयगरि कृषि कर्ममा युवालाई स्वरोजगारका लागि जोडेर लैजाने बताउँनुभयो । यसका लागि नगरले छुट्टै बजेटको समेत व्यावस्थापन गरिसकेको बताउँनुभयो । नगरले आन्तरिक स्रोतलाई बढाउनका लागि समेत व्यावसायिक भवन कृषि बजार लगायातलाई प्राथमिकता दिएको बताउँनुभयो ।

यसैगरि अवको ३ बर्षमा नगरपालिकाका सबै घरहरु कम्तीमा नागरिकले बस्न योग्य बनाउने समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले नगरले शिक्षा र स्वास्थ्यलाई प्राथकिमता दिदै न्यायिक क्षेत्रमा समेत सुधार गरिदै लगिएको बताउँनुभयो । नगरमा सुत्केरी पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको समेत बताउँनुभयो । रिर्पोटर्स क्लव मेचीका अध्यक्ष शेखर सेडाईको सभापतित्व एवम् उपाध्यक्ष तुलसीप्रसाद निरौलाको संचालनमा भएको कार्यक्रममा नगरका वार्डअध्यक्षहरु शुसिलकुमार पोखरेल, बलराम राई, युवराज चम्लगाई, रोषन सुवेदी, दिर्घबहादुर थापा लीलाबहादुर कटुवाल जिल्ला समन्वय समिति सदस्य सन्तोस सोरेन लगायातले बोल्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू