दुर्गापुरको गरमकाली पम्प फुटाएर चोरी गर्ने देवराज पक्राउ


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ स्थित गरमकाली पम्प लगायात बिभिन्न स्थानमा चोरीमा संलग्न रहेका संखुवासभा थिभारा गाउँपालिका वडा नं ३ का देवराज तामाङ पक्राउ परेका छन् । ३४ बर्षिय तामाङले झापाको मेचीनगर, बिर्तामोड, कनकाईको दुर्गापुरस्थित गरमकाली पम्प र मल गाउँपालिकाका बिभिन्न स्थानमा चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

उनले मेचीनगर ७ मदन बस्ती स्थित सनराईज सिमेन्ट प्रालिको एकलाख ५० हजार, राधाकृष्ण ईण्डष्ट्रिज चामल मिलको अफिसको ४२ हजार, मेची नगरको ईटाभट्टास्थित प्रनिक आयल स्टोरको ६ लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।

विर्तामोड–२ स्थित आसमा ट्रेडर्स एण्ड सप्लायर्स(पेट्रोल पम्प) भित्रवाट ७ लाख ३६ हजार ८९६ रुपैयाँ चोरी गरेको, कनकाई –७ दुर्गापुरको गरमकाली पेट्रोल पम्पवाट १५ हजार) चोरी गरेको जनाइएको छ । कमल गाउँपालिका वडा नं.५ स्थित गिता पेट्रोल पम्पबाट ५ लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै मेचीनगर–१३ तेलीवारीको मेट्रो ट्रेडिङ हाउस प्रालिको पेट्रोल पम्पको ज्यान मार्ने उद्देश्यले टाउकोमा प्रहार गरि गम्भिर घाईते बनाएका थिए । तत्काल साथी समिर मिश्र र देवेन्द्र चौहानले बचाउन खोज्दा निज समिर मिश्रालाई अन्दा धुन्द रड प्रहार गरेको र त्यहाँ प्रहरी पुगेर तामाङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय धुलावारीमा चोरी तथा ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू