कनकाईको रमणिय पार्कमा डुबेर बालकको गयो ज्यान


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ८ बिरिङ नदिले बगाउँदा शुक्रवार दिउसो एक वालकको ज्यान गएको छ ।
कनकाई नगरपालिका लक्ष्मीपुरको विरिङ नदि किनारामा रहेको पार्कमा घुम्न आएका बिर्तामोड नगरपालिकाका ६ बर्षिय वालक सर्वजित ओलीको विरिङ खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
वालक आफ्ना बुवा नविन ओली संग पार्क घुम्न आएका थिए । नदी किरानरमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासी नदिमा खसेर बगाएको स्थानीयको भनाई छ । नदीले बगाएर करिव ३ सय मिटर तल पुर्याएको र स्थानीयले उद्धार गरेर नदी किनारमा निकाल्दा बालककोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरेर पोस्टमार्टको लागि पठाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू