झापामा सर्पदंशका बिरामी बढे


कनकाई अनलाईन
दमक, असार १७ गते । झापाको दमक र आसपासको क्षेत्रमा सर्पको डसाइका बिरामीहरु बढेका छन् । दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश उपचार सेवामा दुई साता यता शुक्रबार अपरान्हसम्म ६० जनाले उपचार लिएका छन् ।

बर्षात् भएर पानी रोकिएपछि सर्प डसाइका बिरामीहरु बढ्ने र उपचारका लागि आउनेगरेको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताउनुभयो । झापाको दमकसहित पुर्वी नेपालका विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आउनेगरेका छन् ।

यहाँ समयमा उपचारका लागि आएपछि निको भएर फर्कने सम्भवाना नै अति धेरै भएकाले सकेसम्म उपचारका लागि बिरामीहरु आउनेगरेको सभापति बुढाथोकीले बताउनुभयो । झापामा पाइने विभिन्न प्रजातिका सर्पमध्ये गोमन र करेत बढी विषालु छन् । यी सर्पले डसेको जतिसक्दो छिटो उपचारको पहुँचमा पुग्न नसके बिरामीको मृत्यु हुने रेडक्रस दमकका पूर्व सभापति लिला गुरागाँईले बताउनुभयो ।

दमकमा सर्पको विषयमा अध्ययन गर्न र सर्पबारे बुझ्न रेडक्रसले सर्प सङ्ग्रहालय पनि बनाएको छ । रेडक्रसका अनुसार सङ्ग्रहालयमा ४२ प्रजातिका ७८ मृत सर्प राखिएका छन् ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू