राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चिन्ह गोलाकारभित्र घण्टी


कनकाई अनलाईन
काठमाडौं, असार १७ गते । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले सो दलको नाममा विरोध जनाउँदै आउनुभएको थियो । सो दलको विरुद्धमा सर्वोच्चमा रिट दर्ता पनि भएको थियो । तर सर्वोच्चले सो रिटबारेमा सुनुवाइ नगरेपछि आयोगले आज शुक्रबार सो दल दर्ता गरेको हो ।

सो दलको चुनाव चिन्ह गोलाकारभित्र घण्ट राख्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनुभयो । सो दलले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरे पनि केही परिमार्जन भएको उहाँले बताउनुभयो ।

दल दर्ताका लागि पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराउनुभएको थियो । दल दर्ताको निवेदन दिएको १० दिनमा सो दल दर्ता भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ ९४० मा आयोगले बढीमा ४५ दिनभित्र दल दर्ता गरी दर्ता प्रमाणपत्र सम्बन्धित जानकारी दललाई दिनुपर्ने व्यवस्था रहेको छ । यसअघि लामिछाने पत्रकारितामा सक्रिय रहनुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू