केर्खामा शनिवार रिङ रेस्लिङ हुदै


कनकाई अनलाईन
मदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा झापाको कमल गाउँपालिका केर्खामा चौथो राष्ट्रिय रिङ्ग रेस्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।


शनिवार हुने प्रतियोगिताको सम्पुर्णं तयारी पुरा गरिसकिएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिनुभयो ।
स्थानीय शहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा नेपालका नुवाकोटे टाइगर, प्रथम हेरिटेड च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, सिजे, बाका, तन्नु लगायातका २१ जनाको भिडन्त हुने रिङ्ग रेस्लिङ्ग की महासचिव सुवर्णा श्रेष्ठले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय खेलकुद महासंघ र मदन भण्डारी स्पोर्टस एकाडेमीको गरि कुल १६ लाखकोे खर्चमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । जसमा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार रुपैँया, हार्डकोरको बिजेताले नगद १ लाख, मिडिल तर्फको बिजेताले नगद ९५ हजार, लाईट वेट बिजेताले नगद ६० हजार, ट्याक टिम बिजेताले नगद ७५ हजार र महिलातर्फको बिजेताले नगद ७० हजार रुपैँया पाउने आयोजकले जनाएको छ । पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको रिङ रेस्लिङ्गमा नेपालमा हाल ६० जना खेलाडी रहेको समेत रिङ रेस्लिङ्गकी महासचिव श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एमाले केन्द्रिय नेताहरु मेनुका काफ्ले, रोमनाथ ओली लागायातको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजक समितिका मदन उप्रेतीले संचालन गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू