माटो बचाउ अभियानकर्मी पुन सुरुङ्गामा हरिकुलमा भव्य स्वागत


कनकाई अनलाईन
माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । हिजो कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेको छ ।

हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाउ कार्यक्रम गर्दै आइरहेको छ ।
काठमाण्डौको टुडिखेलबाट १७ दिन पहिलेबाट सचेतना जगाउदै म्याराथुन दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुन मगरले झापामा आफ्नो सचेतना अभियान सुरु गर्नुभएको हो । बिहिबार झापाको कनकाई नगरपालिकास्थित हरिकुल नमुना उच्च माविमा आयोजित सचेतना कार्यक्रममा बोल्दै अभियान्ता मगरले विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभुमि हुने गरेको भन्दै यहि तरिकाले माटोको आर्गनिकपन हराउदै जाने हो भने अवको ६० बर्षमा जमिनमा उब्जाउ हुन छाडने समेत बताउँनुभयो ।

माटोको आर्गनिकपन कम्तीमा ३ प्रतिशत हुनुपर्नेमा न पालमा यो प्रतिशत २ भन्दा कम भइसकेको भन्दै नेपालको माटो समेत डेन्जर जोनमा परिसकेको भन्दै यसलाई नरोक्ने हो भने नेपाल समेत चाडै मरुभुमिमा परिणत हुने बताउँनुभयो ।
अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइदिएको माटोलाई हामीले थप आर्गनिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । अझैपनि गाउँघरमा रासयनिक मल पाइएन भनेर सरकारको आलोचना हुने गरेको भन्दै कनकाई नगरपालिकाले आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यावस्थापन गरि आर्गनिक मल उत्पादन थालिसकेको जानकारी दिनुभयो ।

मगरको माटो जोगाउ अभियानमा सनम लिम्बु, अजय भण्डारी, निर्मल श्रेष्ठ समेत रहनुभएको छ । हरिकुलमा आयोजित सचेतना अभियानमा विद्यालयका पिन्सिपल रोषन केसीले हरिकुल नमुना उच्च मावि माटो जोगाउने अभियानमा जोडिसकेको जानकारी दिदै यस आन्दोलनमा जोडिनका लागि सबैमा आव्हान समेत गर्नुभयो । कार्यक्रममा लायन्स क्लव अफ कनकाईका अध्यक्ष साजन थापाल लगायातको सहभागिता रहेको थियो ।
मगर बिहिवारै बिर्तामोडहुदै इलामतर्फ लाग्नुभएको छ । मगरले ७५ दिनमा ३ हजार ५ सयमिटरको म्याराथुन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान समेत दौड पुरा गर्ने लक्ष्य रहेको बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू