झापाको पुरानो सदरमुकाम झापा बजारमा खुल्यो उवासंघ


कनकाई अनलाईन
झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन भएको छ ।
स्थानीय व्यावसायी ठोमनाथ नेपाल(सन्तोस)को अध्यक्षतामा १७ सदस्यीय उद्योग बाणिज्य संघ तदर्थ समिति गठन गरिएको छ ।
सोमबार गठित समितिको क्रममा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गणेश,वाणिज्य उपाध्यक्षमा छत्र पाण्डे,उद्योग उपाध्यक्षमा बसुन्धरा थपलिया,महासचिवमा भविन्द्र भण्डारी,उद्योग सचिवमा मनोज खत्री,वाणिज्य सचिवमा लालबहादुर कार्की कोषाध्यक्षमा विकास अग्रवाल रहनुभएको छ यसैगरि सदस्यहरुमा प्रदिप दास,ओमप्रकास गणेश,प्रेमसागर मण्डल,गुलावर मियाँ,शुसिलराज जोशी,मनोजकुमार राजबंशी,हुमादेवी कार्की,मनोजकुमार विस्ट र राम कृपाल गणेश रहनुभएको छ ।
गाउँपालिकाका ४ नम्बर वडाअध्यक्ष मोहमद ताहिरको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको भेलाले उद्योगी व्यावसायीको हकहितका लागि लागिपर्ने प्रतिवद्धता जनाएको थियो । कार्यक्रममा प्रदेश १ का वाणिज्य संघका सदस्य कुमारमणी पोखरेल,कनकाई उवासंघका अध्यक्ष तुलसी विमली, युवा नेता शिव कडेँल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । यसअघि उक्त क्षेत्रका उद्योगी व्यावसायीहरु छिमेकी पालिकाको कनकाई उद्योग वाणिज्य संघमा आवद्ध रहदै आएका थिए ।
झापाको पुरानो सदरमुकाम रहेको उक्त क्षेत्र देशमा प्रजातन्त्र आएपछि भद्रपुर सरेसगै यस क्षेत्रको उद्योग र व्यावसाय समेत पछाडि परेको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू