झापा गाउँपालिकामा गरिबका ६०० घर निर्माण पछि हस्तानतरण


कनकाई अनलाईन
झापाको झापा गाउँपालिकामा विभिन्न दातृ निकाय र पालिकाको सहकारर्यमा गरिबका लागि ६ सय बटा सुरक्षित घर निर्माण गरेर हस्तानतरण भएको छ ।


सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षिय साझेदारीमा विपन्न परिवारका लागि झापा गाउँपालिकामा ६ सय ३ वटा सुरक्षित घर निर्माण गरिएको हो ।
गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा एकसय ३०, २०२१ मा एकसय १३, २०२१ मै एकसय १५ र २०२२ मा एकसय ७५ वटा घर निर्माण मध्ये केही सम्पन्न भइसकेको र केही निर्माणधिन रहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।
दातृ निकाय र गाउँपालिकाको सहकार्यमा सुरक्षित आवास कार्यक्रमका टिम लिडर टीकाप्रसाद कँडेलले बताउँनुभयो ।
विपन्न बर्गका लागि सुरक्षित, बलियो र बस्न योग्य प्रयाप्त आवास निर्माण गर्ने सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाको उदेश्य रहेको कडेँलले बताउँनुभयो । परियोजनाले गरिबीको रेखामुनि रहेका अति विपन्न, गरिब, घरविहिन, सुकुम्बासी, पिछाडिएका, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गर्दै आएको बताइएको छ ।
कार्यक्रममा सन २०१९ देखि हालसम्म झापा गाउँपालिकामा ६ सय ३ वटा घर निर्माण भएको कँडेलले बताउँनुभयो ।
कार्यक्रममा ह्याविट्याट नेपालले यस क्षेत्रमा सुरीक्षित आवाशसगै शौचालय निर्माणको अभियानलाई समेत अगाडि वढाइरहेको संस्थाका रामसिंह दनुवारले बताउँनुभयो ।
पालिकामा विपन्न आवास निर्माणको काम अझै बाकी रहेको झापा गाउँपालिका ५ नम्बर वार्डअध्यक्ष सखिचन ठाकुरले बताउँनुभयो ।
गाउँपालिकाले नेपाल सरकारसँग पहल गरेर १ सयवटा आवास निर्माण गर्नका लागि सशर्त अनुदान समेत प्राप्त गरीसकेको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू