अर्जुनधारमा ह्युम पाइपभित्र बोरामा युवकको शव प्राप्त


कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४५ उमेर समूहको लाग्ने युवकको लाश आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । अनुहारमा समेत भारी वस्तुले प्रहार गरेको र शव समेत ३÷४ दिन पहिलेकै जस्तो भएकोले हालसम्म शवका पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको र फ्रेन्च कट दाह्री भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको डीएसपी कुँवरले जानकारी दिनुभयो ।

मृतकले पुरा बाहुला भएको हल्का गुलाबी रंगको कमिज र बाक्लो ट्राउजर लगाएको शवमा पाइएको छ । दाह्री र शरिरमा भएको रौँ हेर्दा शव क्षेत्रीबाहुन समुदायको हुनसक्ने वा भारतीय मुलको समेत हुनसक्ने प्रहरीको भनाई छ । आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हालसम्म प्रहरीकोमा कोहीपनि हराएको भनेर निवेदन समेत नआएको प्रहरीको भनाई छ ।

शव पोष्टमार्टमका लागि धरान पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कुवँरले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू