ब्राउनसुगर सहित पाँच जना पक्राउ


कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट शनिवार लागूऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगरको किनबेच भईरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–८ इलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका –३ का ४३ बर्षीय बेनुप्रसाद चिमरिया र कन्काई–४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८ हजार पाँच सय, मोवाइल दुई थान र तीन थान मोटरसाईकल बरामद गरेको छ । त्यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका–१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका–९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका पाँच जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू