शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर


कनकाई अनलाईन
शिवसताक्षी नगरपालिका ५ मा निशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । स्वास्थ्य शिविरमा ८ सय बढिले स्वास्थ्य सेवा लिएका छन् ।
शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकामा वार्ड र नगरका स्थानीयले विभिन्न स्वास्थ्य सेवा लिएका हुन ।

शिविरको उदघाटन नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले गर्नुभयो । नगरप्रमुख थोप्राले नगरबासीलाई स्वास्थ्य सेवा पहुँच हुने गरी नगरको ६ नम्बर वार्डमै नगर अस्पताल निर्माण भइरहेको बताउँनुभयो ।

शिविरमा दन्तरोग, आँखाको उपचार महिलाहरुको पाठेघरको जाँच र हाडजोर्नी तथा नशाको उपचार गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ, नेत्ररोग विशेषज्ञ, र दन्त रोग विशेषज्ञले सेवा प्रदान गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ७ स्थित गरमकाली पम्प लगायात बिभिन्न स्थानमा चोरीमा संलग्न रहेका संखुवासभा थिभारा गाउँपालिका वडा नं ३…

केशब चापागाईंशरणामती।झापाको झापा गाउँपालिका(२ मा रहेको पुरानो स्वास्थ्य चौकी कुमरखोद स्वास्थ्य चौकीको मुहार फेरिएको छ।जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीले मुहार…

कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।आइतवार झापा क्षेत्र नम्बर ४…

प्रतिकृयाहरू