फिफा वरीयतामा नेपाल आठ स्थान खस्कियो


कनकाई अनलाईन
काठमार्डौं, असार ९ गते । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ ९फिफा०ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो ।

नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह ‘ए’ मा रहेको नेपालले सबै खेलमा हार खेपेको थियो । नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो वरीयतामा छ । नेपालमाथि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय चारौं र माल्दिभ्स एक सय ५६औं स्थानमा छ । दक्षिण एसियामा भुटान एक सय ८६औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९६औं र श्रीलंका दुई सय सातौं स्थानमा छ ।

विश्व वरीयताको शीर्षस्थानमा ब्राजिल छ । बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । शीर्ष १०मा क्रमशः स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू