आफ्नै छोरीमाथि यौन शोषण आरोपमा सुरुङ्गामा बाबु पक्राउ


कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गामा आफ्नै नाबालिका छोरीमाथि पटक पटक यौन शोषण गरेको आरोपमा बाबु पक्राउ परेका छन ।


आफ्नी १३ बर्षिय छोरीमाथि पटक पटक बलत्कार प्रयास गरेको आरोपमा ३३ बर्षिय बाबुलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले गत शुक्रवार पक्राउ गरेको छ ।
ती बाबुले ४ बर्ष अगाडि देखि आफुलाई पटक पटक मादक पदार्थ सेवन गरेर बलत्कार प्रयास गरेको प्रहरीसामु बताएकी छिन ।
केहि बर्ष पहिले आमा अरुसगै विवाह गरेर हिडेपछि बाबुसगै बस्दै आएकी छोरीलाई बाबुले मादक पदार्थ सेवन गरि बलत्कार प्रयास गर्ने गरेको आफ्ना साथीहरुसमक्ष स्कुलमा बताएपछि साथीहरु सहित उनी प्रहरीमा पुगेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । ती वालिकाको आमा अकैसग हिडेपछि बाबुले समेत कान्छी श्रीमती ल्याएका थिए । हाल ती बाबुलाई जबरजस्ती हार्डनाता करणी मुद्धामा म्याद थप गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

यस मुद्धामा हदैसम्मको कार्वाहीको माग राखि महिला अधिकारकर्मीले चर्को दवाव दिइरहेका छन ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू