प्रजापति सामुदायिक वनमा , परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न कृषकलाई हलो प्रदान


कनकाई अनलाईन
कृषकहरुलाई कृषि पेशामा आकर्षित गर्नका लागि यहाँस्थित प्रजापति सामुदायिक वन उपभोक्ता वन समुह कनकाई नगरपालिकाले बुधवार कृषकहरुलाई निशुल्क हलो प्रदान गरेको छ ।
आफ्ना ३० घरपरिवार कृषकहरुका लागि हलो बनाएर निशुल्क प्रदान गरिएको वन समुहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले बताउँनुभयो ।

कृषि क्षेत्रमा वढदो यान्त्रिकरण भएपनि यस क्षेत्रमा भने परम्परागत रुपमा रागा गोरुबाट समेत जोतेर खेती गर्ने परम्परा यथावत रहेको कनकाई नगरपालिका १ नम्बर वार्डका अध्यक्ष सुशिलकुमार पोखरेलले बताउँनुभयो । पछिल्लो समय इन्धनको वढदो मुल्यका कारण समेत कृषकहरु रागा गोरुबाटै जोतेर खेत ीगर्नेक्रम बढेर गएको वन समुहका अध्यक्ष विश्वकर्माले बताउँनुभयो । कृषकहरुलाई कनकाईनगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकलाई हलो प्रदान गर्नुभयो ।

हलो प्रदान गर्दै नगरप्रमुख पोखरेलले कृषकहरुले हलो र गोरुको प्रयोग गरेर इन्धनको कम प्रयोग हुदा देशलाई व्यापार घाटा कम हुनमा मद्धत मिल्ने विश्वास व्याक्त गर्नुभयो । पुर्खाले गरि ल्याएका प्रचलनलाई प्रोत्साहन हुनेगरि समेत नगरपालिकाले कार्यक्रम ल्याउने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
हलो वितरण कार्यक्रममा वन समुहका सल्लाहकार ताराकुमार खनाल, प्रजापति युवा क्लवका अध्यक्ष किरण सुवेदी, कृषक भवानीप्रसाद ढकाल लगायातले हलो प्रदानले कृषकमा उत्प्रेरणा मिलेको बताउँदै कार्यक्रमलाई निरन्तरता र आगामी दिनमा जुवा समेत प्रदान गर्न अनुरोध गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ७ स्थित गरमकाली पम्प लगायात बिभिन्न स्थानमा चोरीमा संलग्न रहेका संखुवासभा थिभारा गाउँपालिका वडा नं ३…

केशब चापागाईंशरणामती।झापाको झापा गाउँपालिका(२ मा रहेको पुरानो स्वास्थ्य चौकी कुमरखोद स्वास्थ्य चौकीको मुहार फेरिएको छ।जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीले मुहार…

कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।आइतवार झापा क्षेत्र नम्बर ४…

प्रतिकृयाहरू