उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष सहित ११ प्रहरी नियन्त्रणमा


कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने माग राखेर निरन्तर चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष सहित ११ जनालाई बुधवार ११ बजेबाट इलाका प्रहरी बिर्तामोडको प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , सन्तोष उप्रेती , राधिका चुडाल , कल्पना पुरी , संगीता न्यौपाने , तुलसा तामाङ, निरु अधिकारी , एकता कडरिया विष्ट, नरबहादुर विकलगायत रहनुभएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रक्राउ गरिएका व्यापारी नेतालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोड नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारीहरु नगरपालिकाभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसक्रममा केहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताउनुभयो । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने माग राखेर उद्योग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा केहिदिन देखि आन्दोलन चर्किदै गएको छ । आन्दोलनकारीले बिर्तामोड नगरप्रमुख पवित्रा महतरालाई समेत दुव्यवहार गरेको भन्दै उद्योग वाणिज्य संघको विरुद्धमा समेत स्थानीय आन्दोलित बनेपछि बिर्तामोड नगरपालिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा यस वारेमा छलफल जारी छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू