झापा जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेद्धारी


कनकाई अनलाईन
जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ ।
आज ९ सदस्यीय जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरुमा देवका वस्याल, तुलसा काफ्ले वराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेद्धारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिनुभयो ।

९ सदस्यीय समन्वय समितिमा एमालेले एकल उम्मेद्धारी दर्ता गराएको हो । मंगलवार मनोनयन दर्ता र बुधवार दावी विरोधको कार्यक्रम रहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले बताउँनुभयो । दावी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने समेत नेपालले जानकारी दिनुभयो । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू