राष्ट्रियसभामा आठ प्रतिवेदन पेस


काठमाडौँ, ५ असार (रासस) :विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधयेक २०७६ र प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधयेक २०७६ सभासमक्ष पेस गर्नुभएको हो ।

त्यसैगरी उहाँले विद्युत् विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पनि सभासमक्ष पेस गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू