कनकाई अनलाईन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका कार्यकर्ताले देश, जनता र पार्टीहितलाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
गोपनियता, जिम्मेवारी र पारदर्शितालाई सन्तुलित ढंगले अघि बढाउन आग्रह गर्दै उहाँले सबैलाई एकताबद्ध रुपमा संगठित गर्न सके कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गर्नुुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको आन्तरिक छनौट प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै वास्तविक प्रतिष्पर्धा त संसदीय निर्वाचनमा अन्य दलसँग हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीको आन्तरिक छनौट प्रक्रियाको विषयलाई लिएर एकअर्काबीचमा मनोमालिन्य र कुप्रचार नगर्न आग्रह गर्दै आज गलत भनेको साथीलाई भोली निर्वाचनमा असल उम्मेद्वार भन्नुपर्दा आइपर्ने समस्यालाई बेलैमा ध्यान दिन सुझाव दिनुभयो ।
सोही कार्यक्रमका बीच नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश–ख ले आफ्नो प्रदेश क्षेत्रबाट केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिमा निर्वाचितहरुलाई स्वागत सम्मान गरेको छ ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित केशवकुमार बुढाथोकी र सरिता प्रसाई, प्रदेश नं–१ का सभापति उद्वव थापा, प्रदेश समिति सदस्य राजकुमार बराइली र रञ्जिता कार्की, जिल्ला सचिव कृष्ण हुमागाई र २ क्षेत्रीय सभापति खगेन्द्र मैनालीलाई समेत गरिएको थियो ।
Trending
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई
- डिएसपी कार्कीको सुरुङ्गामा विदाई
- झापामा होली मनाउन हिडेका ६ जना पक्राउ ३५८ मोटरसाईकल नियन्त्रयणमा