कनकाई अनलाईन
शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रदेश १ स्तरीय व्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ। यही मंसिर २२ र २३ गते शिवसताक्षीको दूधे कभर्डहलमा प्रदेश १ स्तरीय स्व. रामचन्द्र गिरी स्मृति व्याडमिन्टन टुर्नामेन्ट हुने आयोजक शिवसताक्षी व्याडमिन्टन क्लब अध्यक्ष विनोद खरेलले जनाकारी दिएका छन् ।
टुर्नामेन्ट भेट्रान वा एक्स आर्मी र खुल्ला तर्फ दुवैका छुट्टा छुट्टै खेल हुने आयोजकले जनाएको छ ।
भेट्रान तथा एक्स आर्मी तर्फको प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमशः २५ हजार, १५ हजार १० हजार प्राप्त गर्ने छन् । त्यस्तै खुल्लातर्फको टुर्नामेन्टका प्रथम, द्वितीय र तृतीय हुने टिमले ३० हजार, १५ हजार र १० हजारसहित प्रमाण पत्र प्राप्त गर्ने शिवतसाक्षी व्याडमिन्टन क्लबका सचिव सरोज भट्टराईले जानकारी दिए ।
शिवसताक्षी नं.पा. ११ निवासी स्व. रामचन्द्र गिरीको वर्ष दिनको पुन्य तिथिमा व्याडमिन्टन टुर्नामेन्ट आयोजना गरिएको छोरा भीम गिरीले जानकारी दिए । उनले पिताजी हामी समक्ष नरहेपनि उहाँको आत्मा शान्ति उहाँलाई जिवन्त राख्न गिरी परिवारले टुर्नामेन्ट आयोजना गर्न २ लाख रुपैया सहयोग गरेको समेत बताए ।
टुर्नामेन्टका लागि इन्ट्र फि टीमको २ हजार तोकिएको आयोजनाले जनाएको छ । टुर्नामेन्ट सम्पन गर्न ३ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ भने प्रदेश नं. १ का ४५ देखि ५० टिमले सहभागीता जनाउने समेत शिवतसाक्षी व्याडमिन्ट क्लबका अध्यक्ष खरेलको भनाई छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान