अखिल नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा दर्नाल


कनकाई अनलाईन
अखिल नेपाल खेलकूद महासंघ झापाको प्रथम जिल्ला भेला बिर्तामोडमा सम्पन्न भएको छ । भेलाले राजु दर्नालको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा दुर्गा नेम्बाङ
रहनुभएको छ ।

महासंघका केन्द्रीय सचिव हेम झापालीको अध्यक्षतामा बुधवार बिर्तामोडमा भएको भेलाले महासंघ झापाको सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलामा प्रतिनिधिसभा सदस्य, पार्टीका प्रदेश नं। १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै कार्यक्रममा महासंघका प्रदेश नं। १ खेलकुद क्याक्सन इन्चार्ज, राजु आचार्य अग्नि, पार्टीका प्रदेश कमिटी सदस्य ज्योतिसिंह दर्लामी, पार्टी जिल्ला सदस्य बासु दुला, पुष्प गुरागाई, योङ कम्युनिष्ट लिग ९वाइसिएल० झापा अध्यक्ष दधिराम रिमाल, वाइसिएल प्रदेश नं।१ सदस्य प्रेम लुहागुन, अखिल ९क्रान्तिकारी० झापा उपाध्यक्ष पूजा कँडेल, पार्टीका बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, पार्टी झापा सचिवालय सदस्य कुवेर श्रेष्ठ ९अरुण०लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत तथा सञ्चालन महासंघ झापा इन्चार्ज मदन खड्काले गरेका थिए । महासंघका झापा इन्चार्ज खड्काका अनुसार आगामी मंसिर ३० गतेसम्ममा पालिका, पुस १५ गतेसम्म जिल्ला र माघ १५ गतेसम्म प्रदेश सम्मेलन गरिने छ ।

सम्मेलन आयोजक कमिटीलाई महासंघ झापा इन्चार्ज खड्काले सपथ ग्रहणसमेत गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू