सिटौला पक्षका उद्धव थापाले गरे प्रदेश १ सभापतिमा उम्मेदवारी घोषणा


कनकाई अनलाईन
नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झापाका उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थापा नेता कृष्णप्रसाद सिटौलानिकट हुन्। सिटौलाले उनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अघि सारेका हुन्।

पार्टीको संस्थापन पक्ष र सिटौला समूह मिलेर जाने तयारीमा लागेपछि प्रदेश १ मा सिटौला पक्षले सभापति दाबी गरेको छ।

सिटौला पक्षबाट झापाका थापा र संखुवासभाका तारामान गुरूङ प्रदेश सभापतिका दाबेदार छन्। थापाले भने बुधबार उम्मेदवारी घोषणा गरेका छन्। देउवा पक्षबाट अमृत अर्याल प्रदेश सभापतिको दौडमा छन्।

कांग्रेस संस्थापन स्रोतका अनुसार सिटौला र देउवाले बागमती र प्रदेश १ मा एक(एक वटा सभापति लिने योजना बनाएका छन्।

कबलष्mबभखभचथनजबच दयह बम द्दलmद
‘बागमती र प्रदेश १ मा नेतृत्व सहमतिमा दाबी गर्ने कुरा छ,’ स्रोतले भन्यो ‘सोही अनुसार उम्मेदवार छनोट हुनेछन्।’

संस्थापन इतर पक्षबाट गुरूराज घिमिरे र राजीव कोइरालाले प्रदेश सभापतिमा दाबी पेश गरिसकेका छन्।

यसले प्रदेश १ मा संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिष्पर्धा हुने निश्चित भएको छ।

यसैबीच कांग्रेसले प्रदेश १ अधिवेशनको तयारी पूरा गरेको छ।

प्रचार समितिका संयोजक राजीव कोइरालाले दिएको जानकारी अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशन उद्घाटन हुनेछ।

प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा सुरू गर्ने, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताएका छन्।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि मतदान हुनेछ।

चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्ने छन्। जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन्।

कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुनेछन्।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू