राप्रपा नेतालाई अष्ट्रेलियाबाट उप्रेतीको खुल्ला पत्र


दुर्गाप्रसाद उप्रती
राप्रपा नेपालको एकता महाधिवेशन यहि मंसिर १५,१६ र १७ गते हुदै छ ।
जाडोको यो मौसमा चुनावी सरगर्मी वढेको छ ।


राप्रपामा केहि नेताकार्यकर्ताहरु पार्टी हैन व्याक्ति जिताउन तपाईका पक्षमा होलान तर आम जनता र पार्टी सुभेक्षुक समर्थकहरु युवा नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेका छन । धवलसम्सेर राणा, पशुपति सम्सेर राणा समेतले राजेन्द्र लिङदेनको पक्षमा आफ्नो समर्थन रहेको मत जाहेर विभिन्न मिडियाबाट गरिसक्नु भएको छ ।
राप्रपालाई आफ्नो सिद्धान्त र तितिमा हिडने पार्टी देशको एक नम्बर पार्टी बनाउनका लागि अवको वाकी कार्यभार राजेन्द्र लिङदेनले मात्रै पूरा गर्ने कुरामा कुनै शंका छैन । हिजोका ती कठिन दिनहरुमा पार्टीलाई अगाडि वढाउन अग्रज नेताहरुले योगदान रहेको छ ।

यी योगदानको समेत इतिहासले सम्मान गर्नुपर्छ गरिरहने छ । तर अवको वाकी पार्टीको काम गर्न र पार्टीलाई नयाँ जनादेशअनुसार अगाडि वढाउनका लागि पनि युवा नेता राजेन्द्र लिङदेनको साथ र सर्मनको आवश्यकता रहेको छ । तपाईहरु अग्रज अध्यक्षज्युहरु कमल थापा, लोहनी ज्युहरु कम्तीमा पनि राजेन्द्र लिङदेनलाई सर्वसम्मत अध्यक्षको उम्मेद्धार बनाउदै वाकी कार्यभार सुम्पनुहोस यसले पार्टी र तपाईहरुको कद कदापि घटनेवाला छैन यसले तपाईको कद सदा उच्च रहने छ । जय राष्ट्रवाद ।
दुर्गाप्रसाद उप्रेती कनकाई नगरपालिका ३, सुरुङ्गा, हाल अष्टे«लिया, राप्रपा नेपाल पार्टीको एक सदस्य ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू