संचार क्षेत्रबाट स्थापित पौडेल कांग्रेसको महाधवेशन प्रतिनिधिका उम्मेद्वार


कनकाई अनलाईन
धनकुटा । काँग्रेसको १४ औ महाधिवेशनको सरगर्मी वढेसँगै धनकुटामा पनि अधिवेशनको माहोल तातेको छ। कांग्रेस धनकुटाको नेतृत्वको लागि मंगलबार मतदान हुने भएको छ।


पार्टीका केन्द्रीय निति निर्माण, बहस र नेतृत्व चयनका लागि धनकुटाबाट महाधवेशन प्रतिनिधिका खुल्ला तर्फबाट लेखनाथ पौडेलले आफ्नो उम्मेद्वारी दाबी प्रस्तुत गरेका छन। संचार क्षेत्रबाट स्थापित भएका पौडेल धनकुटा जिल्लाकै पहिलो सामुदायिक धनकुटा एफ.एम. रेडियोको स्थापना गरेका थिए।

पौडेल सृजनशील युवा नेता पनि हुन। उनलाई धनकुटाको विश्वप्रकास पनि भन्ने गरिएको छ। १३ औँ अधिवेशनमा नेपाली काँग्रेस क्षेत्र न.२ को क्षेत्रीय सभापतिमा इन्दिरा थापासँग ९ मतले पराजित पौडेल सर्वाधिक मतबाट निर्वाचित जिल्ला सदस्य हुन।
उही काम पनि सृजनशील र नवीनम ढंगले जोखिम लिएर गरि आएका नेका धनकुटाका जिल्ला सदस्य पौडेल एक सफल र उदाहरणीय ब्यवसायिक कृषक पनि हुन। धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवा निवासी पौडेल सीधा अष्ट्रेलियाबाट बाख्रा ल्याएर पालन गर्ने नेपालको थोरै कृषकमध्ये पर्दछन। २०७० देखि व्यवसायिक फार्म संचालन गरी आफ्नै दुर्गम गाउँमा करोडौंको ब्यवसाय सफल संचालन गरेका पौडेल कृषि, पशुपालन र कृषि पर्यटन मार्फत ग्रामिण विकास र अर्थतन्त्र सुदृढीकरणमा योगदान गर्न सकिन्छ भन्ने उदाहरण हुन।
यसैबीच धनकुटा कांग्रेस सभापतिका लागि २ उम्मेदवार बीच प्रतिष्पर्धा हुने भएको छ। सभापति पदमा २ जनाको उम्मेदवारी परेपछि मंगलबार मतदान हुने भएको हो। सभापतिका लागि संस्थापनबाट वर्तमान कोषाध्यक्ष दिनेश राई र कोइराला–पौडेल पक्षबाट कमोट फागोको उम्मेदवारी परेको छ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू