झापामा मतदाता नामवली संकलन हुदै


कनकाई अनलाईन
निर्वाचनको समय नजिकिएसँगै फोटो सहितको मतदाता नामावली संकलन शुरु हुन लागेको छ । झापामा मंसिर १७ गतेदेखि झापाका १५ वटै स्थानीय तहमा मतदाता नामावली संकलन शुरु हुने भएको छ ।
आगामी मंसिर १७ गतेदेखि दुई चरणमा नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत बिर्तामोड, अर्जुनधारा, हल्दिबारी, कमल, शिवसताक्षी र कनकाईमा मंसिर १७ गतेदेखि पुष २ गतेसम्म र दोस्रो चरणमा मेचीनगर, बुद्धशान्ति, कचनकवल, गौरादह, झापा र बाह्रदशीमा पुष ४ गतेदेखि १८ गतेसम्म नामावली संकलन गरिने नेपालले जानकारी दिनुभयो । अन्य तीन पालिकाहरु गौरीगञ्ज र दमकका नागरिकहरुले सोहि पालिकामा भएको क्षेत्रीय प्रशासन र भद्रपुरका नागरिकहरुले जिल्ला प्रशासन कार्यालयबाट नामावली संकलन गराउन सक्ने जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।

आफ्नो पालिकामा तोकिएको समयमा नामावली संकलनका लागि नभ्याउनेहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर पनि नाम दर्ता गराउन सकिने व्यावस्था मिलाइएको र २०६८ यता २०७४ सम्म रंगीन फोटोसहितको मतदाता परिचय पत्र भएकाहरुले पुनः नामावली संकलन गर्नु नपर्ने नेपालले बताउँनुभयो । तर २०६८ अगाडीको अस्थायी मतदाता परिचय पत्र भएकाहरुले भने पुनः नामावली दर्ता गर्नुपर्ने कार्यक्रममा जानकारी गराइएको छ ।

आफ्नो स्थायी बसोबास भएको भन्दा फरक जिल्लामा अस्थायी बसोबास गर्नेहरुले सोहि जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा नागरिकताको प्रमाण पत्र लिएर गए सोहि स्थानबाट बाहिरी जिल्ला दर्ता –ओडीआर) अन्तर्गत नामावली संकलन गराउन सकिने नेपालले जानकारी दिनुभययो । यस अघि मतदाता नामावली दर्ता भएको स्थानबाट अन्यत्र जिल्लामा स्थायी बसोबासका लागि बसाईसराइ गइसकेकाहरुले बसाईसराईको प्रमाणपत्र सहित पहिलाको निर्वाचन कार्यालयमा गएर हालको जिल्लामा नामावली सार्न सकिने नेपालले बताउनुभयो । हाल झापामा ६ लाख ९ हजार ३१४ जनाको मतदाता नामावली सुचिकृत छ । यस पटकको गणनाबाट ३५ हजार मतदाता थपहुन सक्ने अनुमान गरिएको प्रजिअ एवम जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति संयोजक श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । नामावली संकलन बायोमेट्रिक हुने भएकाले दुरुपयोग नहुने समेत प्रजिअले बताउँनुभयो । जनताले आफ्ना शासक छान्न पाउने कार्यको शुरुवाती चरण नामावली संकलनबाट हुने भएकाले प्रजिअ तिमिल्सिनाले झापाका ३२ वटै राजनीतिक दलका नेताहरुलाई सबै नागरिकलाई यस कार्यमा सहभागी गराईदिन अनुरोध समेत गर्नुभयो । प्रजिअ तिमिल्सिनाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय झापामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका प्रमुख एसपी रमेशकुमार पाण्डे, अनुसन्धान अधिकृत तिलकप्रसाद प्रसाई, सहायक प्रजिअ रुद्रप्रसाद न्यौपाने लगायत राजनीतिक दलका प्रतिनिधीहरु विवेकशील साझाका घनेन्द्रराज खनाल,मेदनीप्रसाद पाठक, माओवादी केन्द्रका सिपी कडरिया,नेकपा एसका दुर्गाप्रसाद भट्टराई, एमालेका यामबहादुर श्रेष्ठ लगायातका साथै सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू