बिरिङ पुल बस दुर्घटना, १ जनाको मृत्यु, अन्य २३ जना घाईते


कनकाई अनलाईन
पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ८ लक्ष्मीपुरस्थित विरिङ पुलमा बसको पत्ति भाचिएर बस अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु हुनुको साथै यात्रुवाहक बसमा सवार २३ जना घाईते बनेका छन ।
आइतवार आज दिउसो साढे १२ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ५ ख ८०४१ नम्बरको यात्रुवाहक वस अनियन्त्रित भई पुलको रेलिङ भाचेर आधा बाहिर निस्कदा दुर्घटनामा परि बसमा सवार नाम थर नखुलेका एक २५ बर्षिय पुरुष व्याक्तिको उपचारका क्रममा विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्याल बिर्तामोडले जनाएको छ ।


दुर्घटनामा परि घाइते २३ जनामध्ये ११ जनाको विएण्डसी अस्पतापाल र १२ जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परि घाइतेमध्ये ९ जनाको अवस्था सामान्य रहेको र वाकीको अवस्था अलिक गम्भिर रहेको समेत जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरु इलाम माई नगरपालिकाका ३४ बर्षिय बिमला लिम्बु, सोही स्थानकी उनकी आमा ४९ बर्षिय रत्नमाया राई सोही स्थानकी कमला सेर्पा, ७ बर्षिय ईशु सेर्पा कनकाई नगरपालिका ८ की ३७ बर्षिय दिपा गिरी,सुनसरी बराहक्षेत्र ९ बस्ने ३७ बर्षिय निशा चौहान, मोरङ पथरी शनिश्चरे नगरपालिका १ बस्ने ६० बर्षिय माया श्रेष्ठ,सोही स्थान बस्ने ३५ बर्षिय डिकबहादुर श्रेष्ठ, ४० बर्षिय अम्बिका श्रेष्ठ, झापा वुद्धशान्ति ४ का ६० बर्षिय नरबहादुर दर्जी सोही स्थानकी ५८ बर्षिय उनकी श्रीमती डम्बरकुमारी दर्जी रहेका छन । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू