माओवादी केन्द्र शिवसताक्षीमा महेन्द्र


कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शिवसताक्षी नगर कमिटीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । दूधेमा शनिबार भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् ।कमिटीको उपाध्यक्षमा प्रेम एम्फु राई, कचली ताजपुरिया, गणेश बजगाई चयन भएका छन् ।

त्यसैगरी, नगर कमिटीको सह–सचिवमा भुवन सेन्दाङ सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६५ जना नगर सदस्य सर्वसम्मत चयन गरेको छ ।

सचिवमा तीन जना आकांक्षी देखिएपछि सर्वसम्मत हुन सकेन । जसको आकांक्षी भरत नविन राई, संजय राई र राजु दर्नाल रहेका छन् ।

महेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामी ९सन्देश० रहेका थिए ।

स्वागत प्रेम एम्फु राईले गरेको कार्यक्रमको सञ्चालन संजय राईले गरेका थिए । सोही कार्यक्रमका बीच शिवसताक्षी नगरका १२ जना सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू