कनकाई अनलाईन
परम्परादेखि कनकाई माईको पुर्वी किनारामा लाग्दै आएको छठ पुजा यसबर्ष समेत भव्य रुपमा लाग्ने भएको छ ।
अघिल्लो बर्ष कोरोना कहरका कारण घरघरमा मनाइएको छठ पर्व यस वर्ष भने कनकाई माईको पुर्वी किनारामा भव्य रुपमा लाग्ने आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समिति कनकाई छठ सेवा समाजले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा जनाइए अनुसार कनकाई माईको पुर्वी किनारामा ६० वटा घाट निर्माण गरिने छ । कार्तिकक २४ गते बुधवारका दिन सुरुङ्गाबाट भव्य र्यालीका साथ कनकाई माई किनारमा जाने र भव्य सास्कृतिक कार्यक्रमका साथ छठ पुजा गरिने आयोजक समितिका अध्यक्ष राजकिशोर चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस बर्ष भक्तजनहरुको सुविधालाई ध्यानमा राखि निशुल्क स्वास्थ्य जाँच, तातो चिया प्रसादी र अर्घ दिनका लागि निशुल्क दुधको समेत व्यावस्था रहेको कार्यक्रमका संयोजक खगेन्द्र महत्तोले जानकारी दिनुभयो ।
कार्यक्रममा २००० भन्दा वढी भक्तजन आउने र छठ पुजालाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गर्ने समितिका महासचिव रविन गुप्ताले बताउँनुभयो । हाल कनकाई माई कोटीहोम क्षेत्रलाई सिंगारेको छ भने स्वागत गेट समेत निर्माण गरिएको छ । छठ पुजाको तयारीका रुपमा मंगलवार सुरुङ्गा बजार देखि कोटीहोम माईधार क्षेत्रसम्म सरसफाई कार्यक्रम राखिएको आयोजक समितिका जनसम्पर्क अधिकारी अमन गुप्ताले बताउँनुभयो । छठ पुजा सम्पन्न गर्न विभिन्न प्रसाद वितरण, स्वयम सेवक, सास्कृतिक समिति, अतिथि सत्कार लगायातका उपसमिति समेत गठन गरिसकिएको छ । छठ सेवा समाज कनकाईले नेपालमै पहिलो सुर्य भगवानको मन्दिर सुरुङ्गामा निर्माण सुरु गरिसकिएको छ । कार्यक्रममा छठ पुजा कनकाईका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानको आतिथ्यता रहेको थियो ।
Trending
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर