परिवेश अनलाईन सुरु


कनकाई अनलाईन
झापाको बिर्तामोडबाट परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका परिवेश अनलाईन औपचारिकरूपमा सञ्चालनमा आएको छ ।

बिहीबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अनलाइनको शुभारम्भ गरेका हुन् ।सञ्चालनमा आएको अनलाइन पत्रिकाको पत्रकार पुष्प खड्का सम्पादक र लक्ष्मी प्रसाद बाँस्कोटा प्रबन्ध निर्देशक रहेका छन् ।

अनलाइनको शुभारम्भ गर्दै अध्यक्ष गिरीले ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत विश्वसनीय समाचार उत्पादनमा लाग्न सुझाव दिएका छन् । उनले अनलाइन मिडियाले पत्रकारलाई स्वरोजगार बनाउँदै लगेको भन्दै झापामा थपिएका अनलाइन मिडियाले प्रदेशमा नै मिडियामा झापालाई बलियो बनाएको बताएका छन् ।

अग्रज पत्रकार लीला बरालले कुनै पनि काम सजिलो नभएको बताउँदै थालेको काममा सफल हुन सुझाव दिएका छन् । नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीले संचालनमा आएको अनलाईन पत्रिका राम्रो र उत्कृष्ट हुनेमा विश्वास व्यक्त गरेकी छन् ।

सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक अभियन्ता खिवराज दाहालले पत्रकारितामा लामो अनुभव भएका पत्रकार खड्काको टिमले आमजनताका लागि न्याय गर्नेमा विश्वास प्रकट गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू