दुर्गापुर बजार ५१ औ बर्षमा


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ मा रहेको दुर्गापुर बजार ५१ औ बर्षमा प्रवेश गरेको छ ।
विशेष कार्यक्रमका विच बजारको स्वर्ण महोत्सव मनाइएको छ ।

२०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पूरा गरि ५१ औ बर्ष प्रवेशको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव वर्ष विविध कार्यक्रमका साथ आज समापन गरिएको हो । दुई वर्षअघि नै उद्घाटन गरिएको स्वर्णमहोत्सव विविध कार्यक्रमका साथ वर्षभरी नै संचालन गर्ने गरी योजना निर्माण गरिएको भएपनि कोभिड महामारीका कारण एक बर्ष पछि आज समापन गरिएको कनकाई ७ का वडासदस्य प्रकाश शिवाकोटीले बताउँनुभयो ।

स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा झापा क्षेत्र नं४ का संघीय सांसद एल।पीसाँवा लिम्बूको प्रमुख आतिथ्य तथा झापा क्षेत्र नं४ क प्रदेश सभा सदस्य झलक सिंह दर्लामीको विशिष्ट आतिथ्य रहेको थियो ।

आयोजक समितिका सदस्य शम्भु प्रसाद पोखरेलले स्वागत गर्नु भएको कार्यक्रममा वडा अध्यक्ष लिलाबहादुर कन्दङवाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । सो अवसरमा दुर्गापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, बजार तथा बजारमा रहेको मठ मन्दिरलाई जग्गा दान गर्नु हुने जग्गा दाताहरु, पहिलो व्यापारी, स्वास्थ्य कर्मी, ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरिएको थियो ।

यसका साथै समितिले यस अघि संचालन गरेको विभिन्न खेलकुद कार्यक्रमका विजेताहरुलाई पदक तथा ट्रफि प्रदान गरेको थियो । सो अवसरमा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, माओवादी केन्द्रका जिल्ला संयोजक विजय साङपाङ राई, बाबुलाल अग्रवाल लगायतको शुभकामना मन्तव्य रहेको आयोजक समितिका सचिव राजु अधिकारीले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू