झापा विद्रोहका ओलीका अंगरक्षको घर बन्दै


कनकाई अनलाईन
अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्कि घर पाउने भएका छन् । संचार माध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीतिक पीडा सहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन् ।
तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक थिए । तामाङ ओलीको जीवन रक्षाका लागि घरेलु हतियार सहित बन्दुक लिएर ओली सुरक्षार्थ काम गर्थे । सर्वसाधरणको हत्या गरेको आरोपमा तत्कालिन साशकले उनलाई पक्राउ गरेर १७ वर्ष ७ महिना ७ दिन जेल हालेको थियो । तामाङलाई प्रहरीले पक्राउ गरेपछि ओली पनि पक्राउ परेका थिए ।
झापाको अगल अलग ठाँउबाट पक्राउ परेका ओली र तामाङ काठमाण्डौको नख्खु जेलमा ११ महिनाको कारावास जीवन संगै बिताएका थिए । २०४६ सालमा बहुदलिय व्यवस्था आएपछि उनि जेल मुक्त भए । तर, राजनीतिक, आर्थिक र पारिवारिक पीडा मुक्त भएनन् । संगै जेल परेका तत्कालिन कम्युनिष्ट यतिवेला मुलुकको नेतृत्व तहमा छन् ।
रातदिन नभनी जस्ले कम्युनिष्ट नेताको जीवन रक्षा गर्यो, यतिबेला उनिहरु घरको घाटको जस्तो भएका छन् । तामाङका छिमेकी भन्छन, ‘केपी ओलीको लागि तामाङले खुकुरी र बन्दुक नबोकेको भए सायद उनि सहिद हुन्थे होला ।’ ओली प्रधानमन्त्री बन्नलाई तामाङको योगदान उच्च रहेको स्थानीयले बताए ।
संचार माध्यममा तामाङको कहाली लाग्दो राजनीतिक भोगाई सार्वजनिक भएपछि अर्जुनधारा नगरपालिकाले उनको निर्माण हुने घरका लागि ३ लाख दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख हरीकुमार रानाले राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका योद्धाको लागि ३ लाख दिने बताए । यस्तै झापाको चारपाने स्थित सहारा नेपालले पनि तामाङको घर निर्माणका लागि चासो देखाएको छ । सहारा नेपालको एक टोलीले बुधबार तामाङको घर र उनको अवस्थाका बारेमा जानकारी लियो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि तामाङको बारेमा गम्भिर चासो व्यक्त गरेको छ । स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठकलाई फोन गरेर संचारमाध्यमका आएका कुराको अवगत गराएका थिए ।
तामाङको घर निर्माणकालागि बुधबार निर्माण उपभोक्ता समिति गठन भएको छ । अर्जुनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मनकुमार तामाङको घर निर्माण उपभोक्ता समिति गठन भएको हो । समितिले बैसाख १९ गते घरको शिलान्यास गर्ने कार्यक्रम रहेको बताएको छ ।
समितिको सहसंयोजकमा दिपीन राई, सचिव विनोद सापकोटा, कोषाध्यक्षमा मनिषा चम्लागाई, सदस्यमा युवराज लोहार, पवन खनाल र उपेन्द्र बस्नेत रहेका छन् ।
निर्माण उपभोक्ता समितिका संयोजक भट्टराईका अनुसार एटेच बाथरुम, भान्सा कोठा सहित ३ कोठाको आरसीसी घर निर्माण हुने भएको हो । अर्नुनधारा नगरपालिकाको प्राविधिक शाखाले घर निर्माणको लागत ८ लाख हुने बताएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू