जिल्ला प्रशासनमा सेवा लिन बार तोकियो


कनकाई अनलाईन
विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि रुटिन बनाएको छ । कोभिड –१९ को जोखिम बढ्दै गएपछि भीडभाड कम गर्न रुटिन बनाइएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए ।

प्रशासकीय अधिकृत अधिकारीका अनुसार आइतवार मेचीनगर, बुद्धशान्ती, सोमवार भद्रपुर, कचनकवल, मंगलवार विर्तामोड, बुधबार कनकाई, झापा गाउँपालिका, बिहीवार बाह्रदशी , हल्दिवारी र शुक्रवार अर्जुनधाराका नागरिकले सेवा पाउने छन् । उनले दमक र गौरीगञ्जका नागरिकले हरेक दिन सेवा पाउने बताए ।

नागरिकता र प्रतिलिपि तोकिएको बारमा मात्र उपलब्ध गराइने जिल्ला प्रशासनले जनाएको छ । आलोपालो सेवा प्रवाह बैशाख १६ गतेदेखि लागु हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू