राप्रपा झापा अध्यक्षमा ओझा


कनकाई अनलाईन
राप्रपा झापाको अधिवेशनबाट केशवप्रसाद ओझा सर्वसम्मत निर्वाचित हुनुभएको । झापा राप्रपाको देशमै बलियो संगठक र संगठन भएको जिल्ला र एकमात्र संघिय सांसदले बिजयी भएको समेत जिल्ला हो । झापाबाट महामन्त्री राजेन्द्र लिङदेनले निर्वाचन जित्नुभएको थियो ।
निवर्तमान जिल्ला सचिव ओझा र उपाध्यक्ष कमल खरेलको अध्यक्षमा उम्मेदवारी परेको थियो । सहमती सहकार्यको शंदेश प्रवाह गर्दै जिल्ला समिति गठन गर्न पार्टीका केन्द्रिय नेता, जिल्लाका कार्यकर्ताहरुले सर्वसम्वत अध्यक्ष चयन गर्न जोड दिएको कारण राप्रपा झापाले आगामी कार्यकालको लागि ओझालाई अध्यक्षमा चयन गरेको निवर्तमान अध्यक्ष अमरबहादुर विष्टले बताउनुभयो ।
जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरि ३५ जना जिल्ला समितिमा रहनुभएको छ । अध्यक्ष सहित नयाँ कार्यसमिति पदाधिकारीहरुलाई सोमबार बिर्तामोड स्थित पार्टी कार्यालयमा बधाई ज्ञापन गरिएको छ । नवगठित कार्यसमिति पदाधिकारीहरुलाई राप्रपा केन्द्रिय महासचिव राजेन्द्र लिङदेन, केन्द्रिय सदस्यहरु विश्वमोहन थापा, भक्ती सिटौला, देवीरमण भट्टराई, राजकुमार पोखरेल, प्रदेश १ अध्यक्ष रामकुमार थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू