खोलाको बगर बन्यो हरियाली केरा खेती


लीलाराज झापाली
झापा गाउँपालिका ३ रङ्गपुरका युवा चन्द्र बस्नेतले कनकाई नदिको वगरमा केराखेती गरेपछि खेर गइरहेको खोलाको बगर हरियाली बनेको छ ।
उनले खेर गइरहेको खोला किनारको बगरलाई बार्षिक ४५ हजार रुपैँया दिएर हाल २२ बिगाहमा केरा खेती लगाएका छन । राम्रो माटो नपाएपछि उनले खेर गइरहेको माटोमै भएपनि केराखेती गरेको बस्नेतको भनाई छ ।
३५ बर्षिय बस्नेत झापा गाउँपालिकाबाट छनौट भई इजरायलमा एक बर्षसम्म उन्नत जातको केरा खेतीको तालिम लिएर स्वदेश फर्किका हुन ।
सुरुमा आफ्नै भएको दुई बिगाह जमिनमा केरा खेती गर्दा हुदाछदैको धानखेती बिगारेको भन्दै आफ्नै घरबाट विरोध आएको बस्नेत बताउँनुहुन्छ । राम्रो धानखेती हुने ठाउँ नपाएपछि आफुले खोला वगरलाई घेरावारा हालेर केरा खेती सुरु गरेको बस्नेतको भनाई छ । इजरायलबाट फर्किदा २० लाखजति रकम र केहि केराको बिउ समेत लिएर आएकोले यहि विउ र नगदबाट आफुले केरा खेती सुरु गरेका बस्नेतले केरा खेती थालेको डेढ बर्ष पुरा भएको छ ।
नियमित ५ जनालाई रोजगारीमा राखेका बस्नेतले शनिवारको दिन काम गरेमा दोब्बर ज्याला दिने बताउँनुहुन्छ । विदेशमा सिकेर आएको ज्ञानसीपलाई आधार मानेर आफुले वगरमा खेती थालेको बताउँनुहुने बस्नेतले आफ्नो उत्पादित विलियाम, भुटानी मालवोक लगायातका जातका केरा लगाउनुभएको छ । वस्नेतले आफ्नो उत्पादित सबै केरालाई झापाली बनाना नाम दिनुभएको छ ।
झापाका प्राय सबै बजारमा उहाँको उत्पादन पुगिरहेको बताउँनुहुने बस्नेतको झाापाली बनाना काठमाण्डौमा सबैभन्दा वढी खपत हुने बताउँनुहुन्छ । हाल काठमाण्डौ मात्रै हप्ताको एक ट्रक केरा पढाउदै आउनुभएका बस्नेत अव यहि माटोमा केराको अन्य परिकारहरु चिप्स, केराको मदिरा, खाजा लगायातको परिकार समेत बनाउने योजनामा रहनुभएको छ ।
यसका लागि कम्तीमा १ सय विगाह जमिन भाडामा लिएर पुरै जमिनमा केरा खेती लगाउने योजनामा रहनुभएका युवा बस्नेतको केरा खेतीको अध्यान अवलोकन गर्न नेता, मन्त्रीदेखि लिएर विभिन्न जिल्लाका अगुवा कृषकहरु समेत आउने गरेका छन ।
गाउँमा केरा खेती विस्तार गर्न चाहनेहरुका लागि आफुले केराको वेर्ना र बजारका लागि समेत मद्धत गर्दै आउनुभएका कृषक बस्नेत १ बर्षको केरा खेतीको उत्पादनले कम्तीमा ५ बर्षको धानखेतीको उत्पादन दिने गरेको बताउँनुहुन्छ ।
हाल खर्च कटाएर मासिक २ लाख सम्म आम्दामी भइरहेको बताउँनुहुने कृषक बस्नेतलाई आफ्नो काममा श्रीमती र आमाबुबाले साथ दिइरहनुभएको छ ।
कनकाई नदिको किनारामा रहेको आफ्नो केरा खेतीका साथमा कृषक बस्नेत


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू