ओलीले हटाएका कुलमान विद्युत प्राधिकरणमा आउने, सारा देशवाशीमा खुसी


कनकाई अनलाईन
काठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ ।
उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एकर दुई दिनमा प्रक्रिया शुरू हुन्छ ।
विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश हुनु भएको थियो । अघिल्ले ओली सरकारले उहाँको स्थानमा हितेन्द्रदेब शाक्य नियुक्त हुनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू