लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ


कनकाई अनलाईन
झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ ।
हिजो बेलुका ६ बजे गौरीगंज गाऊपालिका ६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको छ ।
त्यसै गरी हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको ध्द्यठद्धच् टछण्द्ध नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू