ज्ञानज्योती युवा क्लवद्धारा प्रहरी निरिक्षक राणालाई सम्मान


कनकाई अनलाईन
हालैमात्र प्रहरी नायव निरिक्षकबाट प्रहरी निरिक्षकमा वढुवा हुनुभएका ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदयसंम्सेर जबरालाई यहाँस्थित ज्ञानज्योती युवा क्लव सुरुङ्गाले सम्मान सहित विदाई गरेको छ ।


ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखका रुपमा २०७७ साल मंसिर १६ गते कोरोना महामारीकै विचमा सुरुङ्गामा आउनुभएका जबरा पदोन्नति भएसगै अन्यत्र सरुवा भएर जान लाग्नुभएकोले उहाँले यस क्षेत्रको शान्ति सुरक्षा र कोरोना महामारीको नियन्त्रणमा खेल्नुभएको भुमिकाका लागि सम्मान गरिएको ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवालले बताउँनुभयो । सम्मान कार्यक्रममा बोल्दै ज्ञानज्योती युवा क्लवका संस्थापक अध्यक्ष सुनिल भेटवाल र नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तथा क्लवका सल्लाहकार लीलाराज झापालीले प्रहरी प्रमुख राणाको उपस्थितिमा यस क्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय काम भएको र केही शान्ति सुरक्षा नचाहने व्याक्तिहरुबाट प्रहरी राणलाई अन्यत्र सरुवा गर्न असफल प्रयास गरेपनि यहाँका सचेत नागरिकको साथ सहयोगबाट यो सम्भव नभएको बताउँदै प्रहरी प्रमुख राणाको उच्च प्रगतिको कामना गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै सम्मानित व्याक्तित्व राणाले सुरुङ्गा क्षेत्रका सचेत नागरिकको साथ सहयोगबाट आफ्नो कार्यकाल सफ लबनेको भन्दै सबै नगरवाशीलाई धन्यावाद दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार कुमार पालुङ्गा, क्लवका उपाध्यक्ष अनुप ओली, क्लवका सल्लाहकार उमानाथ सिटौला लगायातले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन क्लवका सचिव पारस खरेलले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू