चीनमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो


बेइजिङ, १८ साउन (रासस÷सिन्ह्वा) ःचीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ ।

ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ । चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरु आइरहेका ती अधिकारीहरुले जनाएका छन् । स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, सङ्घाइमा पनि सङ्क्रमित देखिएका छन् । देशभित्रै अर्थात् स्थानीयरुपमै चीनमा सङ्क्रमितहरु देखिन थालेपछि ती क्षेत्रहरुमा निको भएका बिरामीहरुमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरुले ध्यान दिन थालेका छन् । उनीहरुको पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू