मेचीनगरका अगुवा कृषकलाई अनुदानमा कृषि उपकरण


कनकाई अनलाईन
मेचीनगर नगरपालिकाले कृषकहरुलाई लक्षित गरि कृषियन्त्र वितरण गरेको छ ।
नगरपालिकाले विभिन्न कृषक, कृषि फार्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु वितरण गरेको हो । नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँ बराबरको आधुनिक कृषियन्त्र किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
नगरपालिकाका १५ वटै वडाका कृषकलाई कृषियन्त्र बितरण गरेको मेचीनगर नगरपालिकाका नगरप्रमुख बिमल आचार्यले बताउँनुभयो । कृषक, समुह, फार्म र सहकारी ६८ समुहलाई कृषि यन्त्र प्रदान गरिएको हो । कार्यक्रममा उनीहरुलाई हाते ट्रयाक्टर २७, कुटि काट्ने मेशिन ४७, मकै गोड्ने मेशिन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेशिन र साइलेज कटर एक÷एकवटा वितरण गरिएको हो । नगर प्रमुख आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रमुख आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यसतर्फ नगरपालिकाले सहजीकरण गरिदिने बताउँनुभयो । आचार्यले बेरोजगारीको समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गरिरहेको बताउँनुभयो । नगरप्रमुखले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्रांगारिक मलको प्रयोग बढाउन विशेष योजनाका साथ नगरपालिकाले कार्य गरिरहेको समेत बताउँनुभयो । कृषि पेशालाई प्रोत्साहन गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र व्यवस्थि तगर्दै युवालाई विदेश पलायान हुनबाट रोक्न कृषिलाई थप आधुनिकीकरण गरिने नगर उपप्रमुख मिना उप्रेतीले बताउँनुभयो । परम्परागत हलगोरुबाट खेतीपाति गर्दै आएका नगरका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाति गर्न थालेको नगरपालिकाकी कृषि प्राविधिक कविता पौडेलले बताउँनुभयो ।
फोटो ःमेचीनगरपालिकाका प्रमुख बिमल आचार्य कृषकलाई अनुदानको कृषि औजार प्रदान गर्नुहुदै


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू