झापा,चैत २२।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झापा गाउँपालिका कमिटीको भेला सम्पन्न भएको छ।
झापा गाउँपालिका कमिटिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुको अध्यक्षतामा जिल्ला अध्यक्ष चिन्तन पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका स्तरिय वार्ड कमिटी साथै जनसंगठन कमिटीको घोषण गरिएको छ।सांसद एलपी सावाँ लिम्बू,प्रदेशसभा सदस्य हिरा थापा,केन्द्रीय कमिटी महासचिव रमेश आचार्य,नेताहरु सीता सुवेदी,मनोज ताम्ली लिम्बु लगायत पार्टीका केन्द्र,प्रदेस र स्थानिय तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न भेलामा नयाँ नेतृत्वलाई सपथ ग्रहण समेत गराइएको छ।
सांसद एलपी सावाँ लिम्बुले आफ्नो पार्टीले झापा गाउँबासी जनतालाई समृद्ध बनाउन अतुलनिय योगदान गरेको बताए।उनले निरन्तर विकासक्रममा झापा गाउँबासीलाई साथ र सहयोग रहेको जनाए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाठकले एमाले गौरबशाली पार्टी रहेको भन्दै संगठन बिस्तारमा झापा गाउँ संगठनले महत्वपूर्ण भुमिका खेल्नेमा आफू बिश्वस्त रहेको बताए।
मोहन प्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रममा पालिकामा पार्टीका सबै संगठनलाई समेट्दै पार्टीलाई बलियो र सुदृढीकरण गर्दै लैजाने तर्फ ध्यान दिन नेता तथा कार्यकर्ता लाई अपिल गरिएको छ।